सगुन एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढ्यो, संचारमन्त्रीले गरे प्रशंशा (भिडियो सहित)

१२ माघ २०७४

banner

काठमाडौं। नेपालीको अगुवाइमा संचालित सोसियल इकमर्स साइट सगुनको लोकप्रियता ह्वात्तै बढेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा जारी २४ औं क्यान इन्फोटेकमा सगुनले आफ्नो स्टल नै राखेर सहज जानकारी उपलब्ध गराएपछि सगुनप्रति आकर्षण बढेको हो । सगुनका फाइदाहरुबारे जानकारी पाएपछि यसको प्रयोग गर्नेको संख्यामा बढोत्तरी भएको हो । सगुनको स्टलमा यसको एप डाउनलोड गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । सगुनले यो एन्ड्रोइड मोवाइल एप केही दिनअघि भारतको नयाँ दिल्लीबाट सार्बजनिक गरेको थियो । बलिउड अभिनेत्री श्रद्धा कपुरले एप सार्वजनिक गरेकी थिइन् । कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे विशेषतः युवा पुस्तामा बढी चासो छ । सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका छन् । 

क्यान इन्फोटेकको उद्घाटनका लागि आएका सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले पनि सगुनको खुलेरै तारिफ गरेका छन् । उनले विदेशमा बस्ने नेपालीले सबै नेपालीलाई फाइदा हुने गरी यो अभियान संचालन गर्नु प्रशंशनीय भएको बताए । उनले देशको विकासको लागि गैरआवासीय नेपालीले गरेको यो योगदान उल्लेख्य भएको बताए । मन्त्रालयको डिजिटल नेपालमा प्रवेश गर्ने अभियानलाई पनि यसले सघाउने मन्त्री बस्नेतको धारणा थियो । सगुनको स्टलमा संचारमन्त्री मोहनबहादुर बस्नेतले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । सगुन नेपालका अजयबाबु शिवाकोटीले मेलामा आउनेहरुले सगुनको एपमा निकै चासो दिएको बताए । उनले भर्खरै एन्ड्रोइड भर्सनमा आएको एप आइफोनको आइओएसमा समेत अबलोकनकर्ताले खोजेको जानकारी दिए । ‘आएफोनको एप स्टोरमा सगुनको एप कहिले आउँछ भनेर सोधिरहेका छन्,’ उनले भने, ‘अमेरिकामा बस्ने नेपालीले डेभलप गरेको सगुनप्रति सर्बसाधारणको चासो बढेको पाएका छौं ।’ उनले आइओएसमा छिट्टै उक्त एप सार्बजनिक गर्न डेभलपरहरुको टिमले काम गरिरहेको जानकारी दिए ।

सगुनले क्यान इन्फोटेकमा राखेको स्टलमा आउने अवलोकनकर्तालाई मोवाइल एप डाउनलोड गर्दा हात खालि नजाने विभिन्न आकर्षक उपहारको ब्यवस्था गरेको छ । 

भिडियोमा हेर्नुहोस् संचारमन्त्री बस्नेतले सगुनबारे के भने ? 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष