गजल: के सकुला रहन प्यारी

१५ माघ २०७४
banner

एच.एल. गौतम

केही छिन त टाढा हुदा, गाह्रो हुन्छ सहन प्यारी !!
दुई-चार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी !!

थाह छ मलाई धन कमाउन, परदेशमा नि नगई हुन्न !!
वुझ्दो रहिनछ यी कुरा, धड्कन अनि मन प्यारी..!!

भन्छन मान्छे माया भए, केही पनि चाहिँदैन !!
त्यही मायालाई सफल पार्न, नभई हुन्न धन प्यारी !!

जहिले पनि साहुहरूको, बोली वचन सुन्नु भन्दा !!
खुसी मनले विदा दिई, जानुस विदेश भन प्यारी !!

यस्तै रैछ नियतीले, कोरदिएको भाग्य रेखा !!
खोला-नाला जंघार हुँदै, पर्दो रैछ वहन प्यारी !!

अर्घाखाँची, मा.गा.३, खनदह, हाल-भारत

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l