यी सात कामः सुन्दा निकै सजिलो लाग्छन् तर गर्नै सकिन्नन्, के तपाइँ गर्न सक्नुहुन्छ ?

१९ माघ २०७४

banner

एजेन्सी। केही व्यक्तिहरुले अनेकौं रोचक कुराहरु परीक्षण गरिरहेका हुन्छन् । यस्तै केही कामहरु छन् जो हामीले सुन्दा सजिलै गर्न सकिन्छ जस्तो लाग्छ तर ती कामहरु गर्न भने सकिँदैन । यस्ता ट्रिकहरु केही व्यक्तिले ख्याल गरेर चर्चामा आएका हुन् । यी कुराहरु पहिले तपाइँलाई गर्न सक्नुहुन्छ ? भनेर सोध्दा सक्छु भनेर जवाफ दिनुहोला तर गर्नु परेपछि बल्ल थाहा हुन्छ ती काम कति गाह्रो छन् । 

१. जिब्रोलाई रोल गर्नु (घुमाउनु)ः जिब्रो निकै सहज तरिकाले जतासुकै लैजान सकिन्छ । तर जिब्रोलाई बीचबाट मोडेर नलीजस्तो बनाउनु भने निकै गाह्रो हुन्छ । यो सुन्दा सजिलो लागे पनि गर्न भने निकै गाह्रो काम हो । 

२. जिब्रोले कुहिनोलाइ छुनुः यो पनि सुन्दा निकै सजिलो लाग्छ तर गर्नुपरेपछि थाहा हुन्छ कतिसम्म मुस्किल छ । 

३. खुट्टाका पञ्जालाई विपरित दिशामा मोड्नुः हामीले एउटा खुट्टाको पञ्जालाई दायाँ वा बायाँतर्फ मोड्न सक्छौं । तर एकैपटक बायाँ खुट्टाको पञ्जा र दायाँ खुट्टाको पञ्जालाई विपरित दिशातर्फ मोड्न भने निकै कठिन छ । 

४. एउटा आँखीभुइँ उठाउनुः हामीले आँखीभुइँ उठाउन सक्छौं । तर एउटामात्र आँखीभुइँ उठाएर अर्कोलाई स्थिर राख्न भने निकै गाह्रो हुन्छ । 

५. जिब्रोले नाकलाई छुनुः जिब्रो जतिसुकै सहज तरिकाले चल्ने भए पनि जिब्रोले नाकलाई छुन भने निकै कठिन हुन्छ । 

६. बीचको औंलालाई मोड्नुः हामीले हातका औंला मोड्न सक्छौं । तर साहिँली औंला अलिकति पनि नमोडी बीचको औंला मात्र मोड्न भने निकै कठिन हुन्छ ।  

७. आफैंलाई काउकुती लगाउनुः कोही अरुले हामीलाई काउकुती लगायो भने हामीलाई निकै हाँसो लाग्छ । तर, आफैंले आफैंलाई काउकुती लगाउँदा भने यस्तो केही अनुभूति हुँदैन ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »