भारतीय नयाँ राजदूत १३ गते आउँदै, लगत्तै आउनेछन् भारतीय सेना प्रमुख

६ चैत्र २०७३

banner

 काठमाडाैं ।   नेपालका लागि भारतीय नवनियुक्त  राजदूतमा मन्जिभ सिंह पुरी चैत १३ गते जिम्मेवारी  सम्हाल्न नेपाल आउने भएका छन्। अघिल्ला राजदूत रञ्जित रायको कार्यकाल सकिएपछि भारत सरकारले सिंंहलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। राजदूत सिंह चैत १३ गते नेपाल आउने तय भएको भारतीय दूतावास स्रोतले जनाएको छ।

नेपालमा भारतीय राजदूत सधै विवादमा तानिने गरेका छन्। भारतीय रादजूत एक शक्ति केन्द्रका रूपमा नेपालको राजनीतिमा हावी हुने गरेका कारण पनि बढी महत्व र चासोले हेरिन्छ।

यसअघिका राजदूत राय शालिन कुटनीतिज्ञका रूपमा परिचित भएपनि उनकै कार्यकालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। सबै असन्तुष्ट पक्षका माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने भारतीय अडान जारी रहेका बेला नेपालमा नयाँ राजदूत आउन लागेका हुन्।

सबै असन्तुष्ट पक्षका माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने भारतीय अडान जारी रहेका बेला नेपालमा नयाँ राजदूत आउन लागेका हुन्।

सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको र निर्वाचनको पनि मिति घोषणा गरेको अवस्थामा नयाँ राजदूत नेपाल आउन लागेका हुन्। मधेसी मोर्चाले संविधान संशोधन नभइ निर्वाचनमा भाग नलिने र निर्वाचन हुनै नदिने अडान लिइरहेका बेला नयाँ राजदूतको आगमनले महत्व राख्ने विष्लेशकहरूले बताएका छन्।

भारतीय सेना प्रमुख पनि अाउने
भारतीय दूतावास स्रोतका अनुसार राजदूत सिंह नेपाल अाए लगत्तै भारतीय नेताका प्रमुख पनि नेपाल आउने भएका छन्। भारतीय सेना प्रमुख बिपिन रावत भने  राजदूत आएको दुइ दिनपछि चैत १५ मा नेपाल भ्रमणमा आउने स्रोतले  जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »