
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ। आइतबार संसद सचिवालयमा राप्रपाले संशोधन प्रस्ताव दर्ता गराएको हो।
राप्रपाकी प्रमुख सचेतक कुन्ती कुमारी शाहीसहित ६ जनाले संसद सचिवालयमा दर्ता गराएको प्रस्तावमा संविधानको धारा ४ ९१० मा उल्लेखित धर्म निर्पेक्ष भन्ने शब्दको सट्टामा हिन्दु राष्ट्रको माग गरिएको छ।
संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधनस् ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्ने।
राप्रपाका कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका ६ सांसदले विधेयक दर्ता गरेका हुन् । यो गैरसरकारी विधेयकका रुपमा दर्ता भएको हो ।
निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।
संशोधन प्रस्तावमा नेपाल वहुजातीय, बहुधार्मिक, बहुभाषिक राष्ट्र हुँदाहुँदै पनि ८१ प्रतिशत भन्दा बढी हिन्दु, ९ प्रतिशत बौद्ध र ३ ५ किराँत धर्मलगायत ९४ प्रतिशत भन्दा बढी ओमकार परिवारका जनता रहेको, र सबै समुदायहरु बीच सौहार्दपूर्ण सम्बन्ध रही एक आपसमा धार्मिक सहिष्णुता रहेको, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र रहने गरी संविधानमा संशोधन हुन उपयुक्त भएकोले धर्म निरपेक्षको सटृा पूर्ण धार्मिक स्वतन्त्रता सहित सनातन हिन्दु राष्ट्र राख्नका लागि संशोधन प्रस्ताव दर्ता गरिएको उल्लेख छ।
Leave a reply