पोर्न भिडियो बनाउन खतरनाक प्रविधिको प्रयोग

२३ माघ २०७४

banner

बीबीसी। यही हप्ता ‘डिपफेक्स’ का धेरै घटना सार्वजनिक भए। जसमा कुनै अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा लगाएर पोर्न भिडियो बनाउने क्रम जारी छ।

यस्ता भिडियो बनाउन झन सजिलो भएको छ। मानिसहरु सेक्शुअल कल्पनालाई इन्टरनेटमार्फत पूरा गर्नलाई यस प्रकारका भिडियो बनाइँदैछ।

यस्तो प्रविधिको प्रयोगले गम्भीर परीणाम ल्याउन सक्छ।  आज हामी फेक न्युजको जुन संकटलाई देखिरहेका छौैं, यो सुरुवाती चरणमा छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारसँग मिल्ने कयौं भिडियो बनाइएको छ।  यो भिडियो नक्कली हो तर, कुनै खास उद्देश्यको प्रचारमा यसको प्रयोगबाट हुने प्रभावको कल्पना गर्न सकिन्छ।

संस्था तथा कम्पनी यो विषयमा जागरुक छैनन्। जुन वेबसाइटमा यस्ता सामाग्री आइरहेका छन् ती सामाग्रीमाथि नजर त राखेका छन् तर यस्ता सामाग्रीलाई के गर्ने भन्ने विषयमा जानकारी छैन।

यो प्रविधिसँगै अब प्रयोग पनि हुन थालेको छ। किनभने यस्ता भिडियोमा चर्चित अनुहार अचानक सेक्स टेपमा देखिन थालेका छन्।
यस्ता भिडियो बनाउन प्रयोग हुने सफ्टवेयरका डिजाइनरका अनुसार सफ्टवेयरलाई सार्वजनिक गरिएको एक महिनाभित्र एक लाख भन्दा बढी लाउनलोड भइसकेको छ।

यसको एडिटिङ तीन स्टेपमा पूरा हुन्छ। कुनै व्यक्तिको फोटो जुटाउनु, एउटा पोर्न भिडियो छान्नु, र कुर्नु, बाँकी काम तपाइँको कम्प्युटरले आफैं गर्छ। यो एउटा सानो क्लिपकालागि ४० घण्टासम्मको समय लिनसक्छ। धेरैजसो लोकप्रिय डिपफेक्स ठूला कलाकारका हुन्छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »