सुष्मा स्वराजको भ्रमणले जन्माएको प्रश्न

२५ माघ २०७४

banner

जगदीश दाहाल
नेपालको राजनीतिमा भारतलाई सधैं ‘निर्णायक’ मानिन्छ। नेपालमा हुने सबै राजनीतिक घटनाक्रममा भारतको हात हुने बुझाइ व्याप्त छ।
केही दिन अगाडि सुष्मा स्वराज भारतीय विदेशमन्त्रीको हैसियतले नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आकस्मिक छोटो समयको अन्तरालमा नेपाल भ्रमणमा आइन्।

र, सबै राष्ट्रिय राजनीतिक दलका नेतादेखि राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट गरिन्। उनले विशेष गरी भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीलाई स्वराजले विशेष किसिमबाट भेटिन्। एमालेले स्वराजलाई पनि विशेष किसिमबाटै गर्यो। एमालेका सबै नेता स्वराजसँगको भेटमा लामबद्ध बसेको संचारमाध्यमले प्रशारण गरे।  त्यसबाहेक ओली र स्वराजबीच छुट्टै एक घण्टा वार्ता भएको कुरा पनि सुनियो। यो भेटमा धेरै अड्कलबाजी पनि गरियो। नेपालको राजनीतिमा एमालेभित्र एक अर्कालाई भारत परस्त र चीन परस्त भनेर आरोप लगाइने गरिन्छ।

लेखक

कुनै समय केपी ओलीलाई भारतीय एजेण्ट भनेर एमाले भित्रैबाट आरोप लगाइन्थ्यो। यस्तो आरोपबाट एमालेका शीर्ष नेता अछुतो छैनन्। तर, सरकारको नेतृत्व गर्दा केपी ओलीले राष्ट्रिय छवि बनाउन र  देखाउन केही हदसम्म सफल भए। हिजो राजतन्त्र हुँदा राजाको विरोध गर्दा प्रजातन्त्रवादी हुने, भारतको विरोध गर्दा राष्ट्रवादी हुने भन्ने सोच हाम्रो मुलुकमा विद्यमान छ । भारतको विरोध गरेर राष्ट्रवादी हुने भन्दा पनि उपयुक्त कुटनीतिक र मैत्रीपूर्ण सम्बन्धका आधारमा दुई मुलुकबीचको सम्बन्ध स्थापित हुनुपर्छ।

दुई स्वतन्त्र मुलुककाबीचमा हुने र हुन नहुने कुरामा आफ्नो अडान राख्नु राम्रो हो। एकअर्कालाई चिढ्याउने, होच्याउने र गाली गर्ने कुरा कदाचित राम्रो होइन । धेरै मानिसले भारत विरोधी र चीनतिर ओली बढी ढल्किए, फेरि ओलीले सरकारको नेतृत्व गर्दा जनताले दुख पाउन सक्ने, भारतले नाकाबन्दी गर्न सक्ने भारतले ओलीलाई अस्विकार गर्नेलगायतका अड्कालबाजी थियो, त्यसलाई चिर्न र मिथ्या सावित गर्न भारतले हात मिलाउन खोजेको देखिन्छ । दक्षिण एसियाली सबै मुलुकसँग मोदीले हात मिलाउन र सबैसँग असल सम्बन्ध राख्न खोजेको हो भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ।

त्यसको फलस्वरुप सरकार गठनको पूर्व सन्ध्यामा मोदीका विशेष दूतका रुपमा आएर चुनाव जितेका दलसँग मित्रताको हात बढाउनु राम्रो कदमको रुपमा लिनु पर्छ। नेपालका राजनीतिक दल र तीनका नेतालाई असल नियतले सहयोग गर्न खोज्नु र हात मिलाउनु निश्चित रुपमा राम्रो कुरा हो। यँहा धेरै अड्कालबाजी मध्ये एक दुई वटा कुरा धेरै विचारणीय छन्।

सरकार गठनको पूर्व सन्ध्यामा मोदीका विशेष दूतका रुपमा आएर चुनाव जितेका दलसँग मित्रताको हात बढाउनु राम्रो कदमको रुपमा लिनु पर्छ।

सरकार गठनको सम्बन्धमा एमाले र तराई केन्द्रित दल मिलेर गर्नुस् वा सबै दल मिलेर सरकार गठनकालागि मिलेर अगाडि बढ्नुस् भन्नुसम्म स्वभाविक हो।  स्वारज पार्टी एकता सशस्त्र द्वन्द्वबाट आएको पार्टी र काँचो रगतको गन्ध सेलाइ नसक्दै त्यसलाई सँगै लिएर एकीकृत भएर हिँड्नु तिमीहरुकालागि पनि असहज होला भनेर एकतामा भाँजो हाल्ने कुरा गर्न आएकी हुन् भने गलत हो। 

सबै दल मिलेर तराइलाई पनि सहमतिमा लिएर बढ भन्नुसम्म उचित हो। उत्तरको छिमेकीसँग टाढा गराउने र आफूँसँग नजिक बनाउने हो भने त्यसलाई अस्वाभाविक त नमानौं तर हाम्रा लागि त्यो पनि जायज नहोला। शान्ति सुरक्षा, परराष्ट्र मामिला कतिपय स्वतन्त्र राष्ट्रका नीतिगत कुराहरुमा प्रभाव पार्ने कुराहरु थिए भने कदाचित ती कुराहरुलाई जायज मान्न सकिँदैन्।

सार्क मुलुकमा सबैसँग राम्रो सम्बन्ध राख्छ र चुनावी परिणामलाई सहज रुपमा ठान्न सक्छ भनेर देखाउनकालागि सरकार गठनको पूर्वसन्ध्यामा दूत आउनु र सरकार गठनपछि मोदीको भ्रमण नेपालीप्रधानमन्त्रीको भारत भ्रमण क्रमशः हुँदै जानु यसकालागि यो भ्रमण आवश्यक ठानिएको थियो र गरिएको हो भने यसलाई सकारात्मक र राम्रो मान्नुपर्छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »