क्यान्सर, हार्टअट्याक, कब्जियत जस्ता रोगहरुबाट छुटकारा पाउन पिउनुहोस् यो घरेलु जुस

२५ माघ २०७४

banner

प्रक्रितिले हामीलाई अनेकौ प्रकारका स्वस्थ खानेकुराहरु दिएकी छिन् तर पनि शरीरलाई स्वस्थ र तन्द्रुस्त राख्न हामी फलफुल तथा हरियो सब्जी मन पराउँछौं ।

थाहै नपाई अझै पनि हामी मध्ये धेरै जनाको चाहनामा डाइटका रुपमा प्रोसेस्ड तथा बजारमा पाइने बट्टाको खाना पर्ने गरेको छ । 

आज डिसीनेपाल तपाईलाई स्वस्थ्य र तन्द्रुस्त रहन मानिसले पिउनुपर्ने घरेलु पेय पदार्थका बारेमा जानकारी गराउँदै छ । 

जैबिक फलफुल तथा सागसब्जिको मीश्रणबाट बनाउन सकिने यो पेय पदार्थ प्रयोग गरेर तपाईले आफ्नो स्वास्थ्यमा अनौठो सुधार प्राप्त गर्न सक्नुहुनेछ ।
 
आधुनिकीकरणका नाममा हामी बजारीया खानाको सौखिन भएका छौं । तर यस्ता बजारीया रेडिमेड खानाले स्वास्थ्यमा पुर्याउने हानीनोक्सानीका बारेमा हामी अनबिज्ञ छौं । 

तर अब भने जथाभावी खानपीनमा परिवर्तन गर्ने बेला आइसकेको छ । आजै बाट आफ्नो भान्सामा जानुहोस् र स्वादिष्ट तथा स्वस्थबर्धक जुस आफैले तयार पार्नुहोस् । अनि स्वस्थकर जीवन जिउनुहोस् ।

       आवश्यक सरदाम:

- एउटा गाजर

- एउटा काँचो आलु

- एउटा स्याउ

      तयार पार्ने बिधि:

- सबै सरदामलाई सफा पार्नुहोस् र यसलाई सानासाना टुक्रामा कट्नुहोस् । 

- अव मीश्रणलाई ग्राइन्डरमा राखेर पेल्नुहोस् । यसमा आधा कागतीको रस मिसाउनुहोस् । अनि सधै ताजा जुस मात्र सेवन गर्नुहोस् ।

      जुस पिउने समय:

- बिहान केही कुरा खानुभन्दा अगावै अथवा बिहानको खाजा खाएको करिव एक घण्टा पछि यो जुस पिउनुहोस् । यो जुस दिनको दुई पटक( बिहान र साँझ पिउन सकिन्छ । 

     जुस पिउनाले हुने फाइदाहरु:

-  यो पेय पदार्थले रगत सफा पार्नुका साथै आन्द्रा सफा पार्ने र कब्जियत बाट छुट्कारा दिलाउने काम गर्छ । यसले शरीरमा क्यान्सरका तन्तुहरुलाई बृद्धिहुन दिदैन र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ । 

-  यो पेय पदार्थ सेवन गर्नाले महिलाहरुलाई महिनबारी भएको बेलामा हुने पीडाबाट समेत छुटकारा मिल्छ । यसले फोक्सो बलियो बनाउने, हार्टअट्याक हुन नदिने र रक्तचाप नियमित तथा नरमल बनाउने काम गर्छ ।

-  यो पेय पदार्थ सेवन गर्नाले आँखाको ज्योति राम्रो हुने, आँखा रातोहुने समस्याबाट छुटकारा मिल्ने र साथै थकानबाट छुटकारा मिल्छ ।

-  अपचका कारण मुख गन्हाउने समस्याबाट छुटकारा र घांटीमा हुने संक्रमणबाट पनि छुटकारा पाइन्छ । 

-  जिउहात दुख्ने समस्याबाट समेत छुटकारा पाइन्छ ।

-  यो जुस पिउने गर्नाले कुनै साइड इफेक्ट हुँदैन । यसमा पोषणको मात्रा अत्यधिक रहनेहुँदा शरीरलाई सन्तुलनमा राख्ने काम गर्छ । 

-  यो जुस दैनिक पिउने गरेमा दुई हप्तामै शरीरको प्रतिरक्षा प्रणाली बलियो भएर जान्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »