काठमाडौँबाट सुन तस्करी गर्ने युवक बर्दिबासबाट पक्राउ

२५ माघ २०७४

banner

गौशाला । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले सुनसहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । काठमाडौँबाट आएका युवक राईलाई बर्दिबासको भोला वसन्त चोकमा शंका लागि प्रहरीले जाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट आठ तोला सुन बरामद भएको प्रनाउ पोखरेलले बताए ।

उनले काठमाडौँबाट तस्करी गरी ल्याएको करिब पाँच लाख रुपैयाँ बराबरको सो सुन बर्दिबासमै बेच्ने उद्देश्यले आएका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । सुनसहित पक्राउ परेका युवक राईलाई आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको इप्रका बर्दिबासले जनाएको छ ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »