भवन निर्माण सम्बन्धि जानकारी लिन भृकुटीमण्डप जाँऊ (फोटोफिचर)

२६ माघ २०७४

banner

काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘नेपाल बिल्डकन तथा उड अन्तराष्ट्रिय मेला’ सुरु भएको छ। 

भवन निर्माणका लागि आवश्यक सबै खालको सामग्रीबारे जानकारी दिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको ‘नेपाल बिल्डकन तथा उड अन्तराष्ट्रिय मेला’ आयोजना गरिएको हो। मेलाको उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले नेपालको पूर्वाधार विकासमा मेला सहयोगी हुने विश्वास व्यक्त गरे।

उनले मेलाबाट नेपालको पूर्वाधार विकासका लागि आवश्यक सामग्रहरुबारे जानकारी लिन सकिने पनि स्पष्ट पारे। उपप्रधानमन्त्री थापाले रेल वे, उर्जा विकासको माध्यामबाट नेपाललाई समृद्ध बनाउने सरकारको योजना पूरा गर्न पनि यस्ता खालका मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे। 

नेपालका लागि भारतीय राजदुत संजिवसिंह पुरीले नेपालको समृद्धिको अभियानमा साथ दिन मेलामा आफ्नो मुलुक पनि सहभागी भएको स्पष्ट पारे। उनले नेपालको पूर्वाधार विकासमा मेला सहयोगी हुने विश्वास पनि व्यक्त गरे। 

३ दिनसम्म चल्ने मेलामा भवन निर्माण र सोसँग सम्बन्धित सबै सामग्रीहरुबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको मिडिया स्पेस सोलुशन प्रालिका महाप्रबन्धक सृजल भट्टराईले जानकारी दिए। मेलामा भारत, चीनलगायत १५ भन्दा बढि राष्ट्रका व्यवसायीहरु सहभागी भएका छन्। मेलाले भूकम्पपछिको पुनर्निर्माणमा पनि सघाउ पु-याउने अपेक्षा गरिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »