प्रियंका र आयुषमानको रोमान्स- ‘भ्याकेसन कम्बोडिया’ (फोटोहरू)

२६ माघ २०७४

banner

काठमाडौं । सोशल मिडियामा आफ्नो प्रेमी वा प्रेमिकाका लागि प्रयोग हुने शब्द हो Bae । मायाँलु भावले वेवी (बच्चा) शब्द आफ्नो अति प्रिय पात्रका लागि प्रयोग गर्ने चलन छ । फेसबकु, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमा गर्लफ्रेण्ड/व्यायफ्रेण्डका लागि ‘वेव’ शब्दको प्रयोग निकै हुन्छ ।

नेपाली सिने जगतकी निकै चल्तीको नायिका प्रियंका कार्की यतिबेला कम्बोडियामा छिन् । उनको इन्स्टाग्रामको विवरण हेर्दा उनी आफ्नो प्रेमी आयुषमान देशराजसँग भ्याकेसन मनाउन कम्बोडिया पुगेकी हुन् ।

प्रियंकाको इन्स्टाग्राम ‘कम्बोडियामय’ बनेको छ । त्यहाँका भ्रमणका तस्बिर उनले पोस्ट गरेर आफ्नो विदा मनाउँदाका उत्कृष्ट क्षण फ्यानमाझ शेयर गरेकी छन् ।

आयुषमान प्रियंकासँग एक तस्बिरमा देखिन्छन् । बाँकी तस्बिरमा उनको सिंगल सुट छ ।

यी हुन् केही तस्बिर उनकै इन्स्टाग्रामबाटः

Leave a reply

HTML Tags are not supported

Post My Comment »