खतरनाक सुन्दरी, सेकेण्डभरमै चोर्छिन् इन्टरनेटको सेक्युरिटी

७ चैत्र २०७३

banner

एजेन्सी। महिला सुन्दर भए भने कसैको पनि नियत बिग्रिन सक्छ। तर महिला सुन्दरसँगै इन्टेलिजेन्ट पनि भए पनि अगाडि पर्ने मान्छेको मुस्किल हजार गुणा बढ्छ। सोसियल साइटमा सेक्सीसाइबर्ग नामले चिनिने यी महिला त्यस्तै खतरनाक सुन्दरी हुन्। यिनले तपाइँको नजिक आएर क्षणभरमै तपाइँको इन्टरनेट एकाउण्टका पासवर्ड र अन्य डिटेल चोर्न सक्छिन्। 
यी सुन्दर अनि इन्टेलिजेन्ट युवती फेसन डिजाइनरसँगै इन्जिनियर पनि हुन्। चीनकी यी युवतीले एउटा यस्तो स्याण्डल बनाएकी छिन् जसको सहयोगमा कसैको पनि इन्टरनेटको सिक्रेट चोर्ज सक्छिन्। यो स्याण्डल थ्रीडी प्रिन्टरको सहयोगबाट बनाइएको हो। यसभित्र पोर्टेबल ब्याट्री, युएसबी डाटा रेकर्डर लगायत अन्य धेरै कुराहरु छन्। यि युवती कसैको नजिक गएर उसले किबोर्डमा टाइप गरेको कुरा स्याण्डलमा भएको युएसबी रेकर्डरको सहयोगमा रेकर्ड गर्न सक्छिन्। पछि यो युएसबी रेकर्डर कम्प्युटरमा जोडेर त्यहाँ रेकर्ड भएको कुरा हेर्न सक्छिन्। उनले यो स्याण्डलसँगै अन्य यस्तै ग्याजेट्सहरु बनाएकी छिन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »