छातीमा हुने संक्रमणबाट बच्नका लागि अपनाउनुहोस् यो घरेलु उपाय

२६ माघ २०७४

banner

लसूनको प्रयोग स्वास्थ्यका लागि अति लाभदायक छ भन्ने कुरा हामीसबैलाई थाहा भएकै कुरा हो । लसुन नियमित रुपमा प्रयोग गर्ने मानिसमा रोगले चाँडै आक्रमण गर्न नसक्ने तर्क विज्ञहरुको रहेको छ ।

अनुसन्धनले समेत सावित गरिसकेको छ - नियमित रुपमा लसून सेवन गर्ने मानिसलाई रोगहरुले सहजै आक्रमण गर्नसक्दैन । मानव स्वास्थ्य रक्षाका लागि लसून रामवाण हो । अनुसन्धान भन्छ - लसून सेवनगर्नाले रगत नलीहरु फराकिलो हुने गर्छ, जसका कारण शरीरमा रक्त संचारमा बृद्धि, ताकत लाग्ने, मांसपेशीको बिकास र दिमागी सन्तुलन रहन्छ । 

लसुन प्रयोग गर्नाले धेरै प्रकारका भिटामीन र मिनरलहरु प्राप्त गर्न सकिन्छ भन्ने कुरामा कुनै दुबिधा छैन । 

लसुनमा किटाणुनासक गुण हुनुका साथै यसको गन्धबाट सानासाना किरा तथा किटाणुहरु डरले परै भाग्छन् । अनि लसुनको प्रयोग गर्नाले छातीमा हुनसक्ने र भैरहेको संक्रमण आपसेआप निको हुंदैजान्छ ।  

आज डिसीनेपाल तपाईलाई लसुन प्रयोग गरेर कसरी स्वस्थ रहन सकिन्छ भन्ने बारेमा जानकारी गराउँदै छ । 

आवश्यक सरदाम

-  तातो पानी एक कप 

-  १२५ ग्राम बोक्रा ताछेर टुक्राटुक्रा पारेको लसुन

-  कपको एक चौथाइ भिनेगर

-  २५० ग्राम चिनि

तयार पार्ने बिधि

अव तातोपानीलाई एउटा कचौरामा राख्नुहोस् र त्यसमा लसुन मिसाउनुहोस् । दुवैलाई एउटा प्लेटले छोप्नुहोस् र यसलाई करिव १२ घण्टा सम्म त्यसै छाडि दिनुहोस् ।

अव एउटा सानो प्यान तथा कराइ लिनुहोस् र भिनेगरलाई उमाल्नुहोस् । अव लसुनसँगैको मीश्रणलाई पनि यसमा मिसाउनुहोस् । लसुन नरम नभएसम्म मीश्रणलाई तातो पार्नुहोस् । उम्लीरहेको मीश्रणमा बिस्तारै बिस्तारै चिनि मिसाउँदै जानुहोस् । मीश्रणलाई बिस्तारैबिस्तारै चलाउँदै गर्दा तपाईले चिनि पनि बिस्तारै पग्लिरहेको पाउनुहुनेछ । यसरी तपाईले चाहेको सीरप तयार भयो । 

सीरपलाई चिसो हुन दिनुहोस् र यसलाई एउटा सिसाको ग्लास वा बोतलमा खन्याउनुहोस् । अव यो सीरपलाई अध्यारो ठाउँमा जतन गरेर राख्नुहोस् ।

प्रयोग गर्ने बिधि

तपाईले यो सिरप खानुभयो भने मीठो स्वाद अनुभव गर्नुहुनेछ । आव यो सीरप रोगसँग जुध्ने तथा संक्रमणलाई परास्त पार्ने गुणले भरिपूर्ण भएको छ । 

आवश्यक परेको बेलामा तपाईले दिनको तीन पटक (बिहान-अपराह्न्न-राती) एक एक चम्चाका हिसाबले खान सक्नुहुन्छ र यसले तपाईलाई छाती सम्बन्धी समस्याबाट सहजै छुटकारा पनि दिलाउँछ ।

यो बास्नादार सीरपले तपाईमा देखिएको संक्रमणलाई सहजै जित्न सक्छ । चाहनु हुन्छ भने यसमा तपाईले एक चिम्टी नुन पनि मिसाएर सेवन गर्न सक्नुहुन्छ । नुन पनि किटाणु नासक तत्व हो । 

लसुनलाई बर्षौ देखि अचुक उपचारका लागि प्रयोग गरिदै आइएको छ । अनुसन्धानले के देखाएको छ भने स्वासप्रश्वास तथा आस्थमा जस्ता रोगको बिरुद्ध लसुन अति लाभदायक सावित भएको छ । त्यस बाहेक, यो सीरप सेवन गर्नाले( नयाँ तथा पुरानो खोकी, स्वर थिचिएको, छातीमा हुने समस्या, ग्यास्ट्रिक, अन्य संक्रमण लगायत कफ जन्य समस्याबाट सहजै छुटकारा दिलाउँछ । 

तसर्थ शारीरिक तथा स्वास्थ्य सम्बन्धी समस्याहरुबाट बच्नका लागि आफ्नो दैनिक खानामा लसुनको प्रयोग गर्न नबिर्सिनुहोस् । लसुनको प्रयोग गर्नुहोस् र स्वस्थ जीवन जिउनुहोस् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »