माघ २७ देखि फागुन ४ गतेसम्मको साप्ताहिक राशीफल

२७ माघ २०७४

banner

जोतिषाचार्य : भानुराज अर्याल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
सोमबार अपराह्न देखि साता राम्रो रहनेछ । शुरुमा पुराना कुराहरुले मन एकतमासको बनाउला । आमाको स्वास्थमा केहि समस्या आए पनि निराश हुनुपर्ने स्थिति नहोला । व्यापार व्यबसायमा फाईदा राम्रै संग बढ्ने देखिन्छ । पहिला भन्दा आम्दानी निकै बढ्नेछ भने आफूखुसी खर्च पनि गरिनेछ  । कामको प्रशंसाको हुनेछ भने बिपरित लिगीं साथीको मद्दतले पदिन्नति हुने संभावना रहेको छ। समयले साथ दिनाले ब्यपार व्यबसायमा बृद्धि हुनेछ । जीवनसाथी संग सुमधुर समबन्धले गर्दा आनन्द महशुस गरिनेछ । घाँटि तथा मुखमा समस्या आउने देखिएकोले आफ्नो स्वास्थमा ध्यान दिनुहोला ।   

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मंगलबार पछि साता राम्रो हुँदै जानेछ । पहिले देखि गरिरहनु मेहनतको फल बिस्तारै पाईनेछ । काममा तपाँको निन्दा गर्नेहरुले पनि अब साथ दिनेछन् । कामको मुल्याकंन उच्च हुनेछ भने पदोन्नतिको संभावना पनि प्रबल हुँदै आएको छ । तपाँईको ब्यापार बिगार्न खोज्नेहरु देखि साबधान रहनु होला । सांस्कृतिक जमधटहरुले पुराना आफन्तहरु संग आत्मियता बढाउनेछ । आम्दानीको अवस्था सामान्य नै रहनेछ । जीवनसाथीको साथले मन प्रशन्न हुनेछ । पेटमा बिकार आउनसक्ने हुनाले आफ्नो खानपानमा परहेज गरेमा राम्रो हुनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मंगलबार र बुधबार बाहेक साता राम्रो नै रहने छ । कामको बोझ धेरै भएपनि जस भने पाईने छैन । प्रतिफल नआउने काममा पनि लाग्नुपर्ने अवस्था आउन सक्छ । रिसको मात्रा बढेर जानेछ भने अपर्झट गर्नुपर्ने खर्चले पनि तनाव दिनेछ । घरका आफूभन्दा बरिष्ठ सदस्यहरुसंग बादविबाद हुनसक्ने हुनाले आफूलाई संयमित राख्ने प्रायस गर्नुहोला । व्यावसाय आएको मन्दी शुक्रबारबाट घटदै जानेछ र तपाँईलाई कामगर्न उर्जावान बनाउने छ । तर आफ्नो अल्छिगर्ने बानिमा भने सुधार गर्नु जरुरी छ । पित्त बढ्ने खानेकुराले गर्दा पेटमा समस्या आउन सक्छ तसर्थ सचेत रहनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
साता राम्रै संग बित्नेछ । काममा भैरहेको अढ्चनहरु बढ्न सक्ने हुनाले साबधान रहनुहोला । आउँदा दिनहरुमा ब्यापार व्यवसायमा मन्दी आउने हुनाले भैरहेको व्यबसायमा थप लगानी केहि समयको लागि नगर्नुहोला । आफ्नो अचल सम्पतिमा विबाद आउनसक्ने तथा मुद्धामामीला पर्ने सक्ने हुनले सचेत रहनुहोला । केहि समयका लगि अरुसंग आवश्यकता भन्दा बढी कुराकानी नगर्नुहोला । किनकी तपाँईले बोलेका कुराको गलत अर्थ लगाई अरुले तपाँईलाई अपमानित गर्न सक्नेछन । पहिले गरेको गल्ति कमजोरीले गर्दा सरकारी दण्डजरिवानामा पर्नसक्ने भएकोले सरकारलाई तिर्नु पर्ने कर, शुल्क आदि समयमै तिरेर सुरक्षित रहनुहोला । जीवनसाथी संग विबाद कम गरे आफैलाई मानसिक शान्ती हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मंगलबार बाट साता राम्रै बित्नेछ । छातीमा भएको संक्रमण र ज्वरो आउनाले कमजोरी महशुस हुनेछ । खानपानमा ध्यान नदिए पेटमा पनि समस्या आउन सक्ने हुनाले आफ्नो स्वास्थ प्रति सचेत रहुनहोला । कामको अवस्था राम्रै रहनेछ भने ब्यपारबाट लाभ लिन अलि बढी मेहनत गर्नुपर्ने देखिन्छ । आर्को हप्ता देखि ब्यापार व्यवसायमा केहि समस्याहरु आउन सक्ने हुनाले त्यसबाट बच्ने योजना थाल्दा राम्रो हुने देखिन्छ । क्रोध नियन्त्रण गरि नम्र भएर कुराकानी गरे सम्बन्ध बिग्रन पाउँदैन । जीवनसाथीको खर्चालु ब्यबहारले दिक्क बनाउन सक्नेछ । स्वास्थका हिसाबले यो महिनाभरी नै तपाँईको परिबारकै लागि समय राम्रो नहुनाले सावधान रहनुहोला । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
यो साता मध्यम रहनेछ तापनि शुक्रबार बिशेष लाभ हुनसक्नेछ । बढेको खर्च बिस्तारै नियन्त्रणमा आउनेछ । लाभको मात्रामा निकै बृद्धि हुनेछ । घरमा मनोरन्जनका साधनहरु जोडिने छन । स्वास्थमा रहेको सानोतिनो समस्याहरु कम हुँदै जानेछन। तर आफ्नै सम्पति पनि आफूखुसी प्रयोग गर्न पाईने छैन । घरजग्गामा साँधसिमानाका कुराले बिवाद हुनसक्ला । तपाँईका शत्रुहरु आफै पराजित हुनेछन । पहिले भैरहेको मुद्धामामीलामा जित पनि हासिल गर्न सकिनेछ । दाजुभाईले साथ दिनाले ठुलो कामगर्न आँट आउनेछ । बढेको आम्दानीले घमन्ड पनि बढ्ने हुनाले आफूलाई सम्हाल्नु होला । फागुन महिनाको अन्ततिर केही शोकको समाचार पनि सुन्नु पर्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
तपाँईको यो साता राम्रै बित्नेछ । परिवारमा भैरहेको खिचलोले मानसिक भ्रम उब्जाउने छ त्यसले गर्दा मानसिक साथसाथै शारिरिक रुपमा पनि शिथिलता अनुभव हुनेछ । अरुको बहकाउमा लागेर गलत निर्णय लिनसक्ने हुनाले आफूले गर्न लागेको कामको बारेमा सबैकुरा बुझेर मात्र अगाडी बढ्दा राम्रो हुने देखिन्छ । आफुसंग क्षमता हुँदाहुँदै पनि काम गर्ने नसकेको अनुभब हुनेछ तापनि समयले बिस्तारै तपाँईले सोचेके दिशामा कामहरु अगाडि बढ्नेछन। पेशाकर्मीहरुका लागि यो सात राम्रै रहेनेछ ।  यो साता पारिवारिक जमघटहरुले भने मनमा प्रशन्नता दिनेछ। जीवनसाथी संगको सम्बन्धमा केहि अबरोध आउने हुनाले बोल्दा होसपुर्वक बोल्नु होला ।  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
साताको शुरुमा आफूले सोचेअनुरुप नै काम हुनेछन । अरुले गर्न नसकेको वा फाईदा नदेखेको काम गरेर पनि लाभ लिन सक्नु हुनेछ । समयले साथ दिनाले मनमा जीवनकै ठुला काम अठोट आउनेछ । साथीभाई तथा आफूभन्दा कनिष्ठको सहयोगले पहिले देखि अल्झिरहेको काम पुरा गरिनेछ । तर मुखमा बसेको शनिले गर्दा आफुले दिएका बचनहरु पुराहुन दिनेछैन, तसर्थ यो बोलेर होईन गरेर देखाउने समय हो । मनमा बढ्नेको नकारात्मक कुराको शंकाले पारिवारिक र व्यबसायीक जीवन दुबैमा समस्या ल्याउने हुनाले आफ्नो शंकालु स्वभाबको नियन्त्रण गर्नुहोस। यो समयमा आम्दानी राम्रै रहनेछ । पारिवारिक जीवन सुखमय नै हुनेछ भने प्रणय सुख पनि राम्रै संग पाईने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको शुरुमा मनमा बैराग्यता बढेपनि बाँकी दिन उत्साहपूर्ण नै हुनेछ । असफल हुने चिन्ताले कामगर्न मन लाग्ने छैन । तर सफलता पाउने आफूलाई स्फुर्त राखी बढी मेहनत गरे सफल भईनेछ । गरेका कामहरुले तपाँईको बचत बढाउन मद्दत गर्नेछ भनेबोलेकै भरमा पनि केहि कामहरु हुनेछन । कुनै कानूनी मुद्दामामीला छ भने त्यसको छिनोफानो तपाँईलाई फाइदा हुनगरि हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भईनेछ । मंगलबार देखी समयले साथ दिनाले रोकिराखेको कामहरु पनि गरिनेछन ।  लाभका हिसाबले समय उत्तम रहेनछ भने खर्चको पाटो पनि बढ्नेछ । यसर्थ खर्च कम गर्ने कोसिस गर्नुहोला । सन्तानको पढाई र स्वास्थमा केहि समस्या आउने हुनाले सचेत रहनुहोला ।  

मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
साता मंगलबार देखी राम्रै बित्नेछ । समय प्रतिकुल भएकोले खराब तथा दुष्ट मानिसको संगतमा परिएला । आफुले सोचे अनुरुप कामहरु हुने छैनन् । कुनै काम शुरु गरे पछि कुनै न कुनै अफ्ठ्यारो पनि आउने हुनाले आफूलाई द्रिढ बनाउनु होला । सहि निर्णय लिन कठिन हुनसक्ला । समयको प्रतिकुलताले गर्दा मन बेसुरको हुनसक्नेछ । ठुला कामको नर्णय अहिले नगर्दा बेस हुनेछ । भाग्ले साथ दिनाले पठनपाठनमा भने राम्रै प्रगती हुनेछ ।  मनमा द्वन्द बढनाले कुनै कामको पनि निर्णयमा बिलम्ब हुनेछ । आम्दानी भने यो समयमा सामन्यत राम्रो नै रहनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 
साता राम्रो नै बित्नेछ । समयले साथ दिनाले कुनैकुनै कामसहरु सजिलै हुनेछन । महत्वाकांक्षाहरु बढे अनुरुप काम भने गर्न सकिने छैन। खर्चको मात्रा बढनाले मानसिक तनाव दिनेछ भने मन मोजमज्जा तिर जानाले पनि खर्छ झनै बढाउनेछ । कामको हिसाबमा समय राम्रो छ । सेना(प्रहरीहरुका लागि यो समय अतिउत्तम छ । अरुहरुलाई पनि केहि गरेर देखाउने बेला आएको छ । काममा लगनशिलता वा दक्षता अनुरुप सफलता पाईनेछ । जीवनसाथीको स्वास्थले बिग्रनाले तनावको अनुभव गरिने छ। तपाँईको चिना वा कुण्डलीमा दशा पनि नराम्रो चलिरहेको छ भने तपाँईको जीवनसाथीलाई अस्पतालमा राखेर नै उपचार गर्नु पर्ने हुन सक्छ ।  भाग्यले साथ दिनाले आम्दानीमा भने बृद्धि नै हुन सक्नेछ ।   

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
साता राम्रै बित्नेछ । पुराना नातेदारहरु संगको कुराकानीले मनमा नयाँ अनुभव गरिनेछ भने परमार्थको बारेमा पनि सोचिनेछ।  निरन्तरको मेहनतले गर्दा काममा तपाँईका कुरा काटे पनि पदोन्नति भने हुने संभावना रहेको छ । मंगलबार देखि खर्च गर्नुपर्ने धेरै कामहरु निस्कनेछन। आम्दानीले धान्न नसकिने गरि बढेको खर्चले तनाव महशुस हुनेछ । क्रोधको मात्रा धेरै बढ्नेछ । अप्रत्यासित रुपमा बिदेश भ्रमणको अवसर पनि आउन सकने देखिन्छ । मोजमज्जा तथा धुमफिरले मनमा केहि आनन्द अनुभव गरिए पनि खर्च बढ्ने हुनाले आफ्नो बजेटको उचित व्यवस्थापन गर्नुहोला । मांगलिक कार्यक्रममा हुने पारिवारिक भेटघाटले केहि आनन्द अनुभव गरिनेछ ।

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष