त्रिशूलीमा जिप खसेर बेपत्ता भएका सिँचाइ सचिवको शव भेटियो

२७ माघ २०७४

banner

काठमाडौँ । त्रिशूलीमा जिप खसेर बेपत्ता भएका सिँचाइ सचिव रामानन्द यादव मृत फेला परेका छन्। उनीसँगै वेपत्ता भएका २ जनाको अवस्था भने अझै अज्ञात छ। बेपत्ता हुनेमा उनका २२ वर्षीया छोरा सन्तोष र एक किशोरी रहेको उद्धार कार्यमा खटिएका प्रहरी सहायक निरिक्षक पूर्णबहादुर लामाले जानकारी दिए।

सहायक निरिक्षक लामाले भने, 'त्रिशुलीमा बेपत्ता सचिव यादवको शव फेला पारेका छौँ । तर उहाँ सँगै हराएका अन्य दुई जनाको अवस्था अझै अज्ञात छ। उद्धार टोलीले वेपत्ताको खोजिकार्य जारी राखेको छ।'

उद्धार टोलीले सचिव यादव चढेको जिप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला पारेको थियो। 

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान पौने तीन बजेतिर धादिङको बेनीघाटरोलाङ गाउँपालिका९३ सलाङघाट भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »