क्यान्सर जस्तो खतरनाक रोगलाई पराजित गर्न भुइँकटहर खानुहोस् 

२७ माघ २०७४

banner

क्यान्सर खतरनाक रोग हो । थोरै पनि बेवास्ता गरेको खण्डमा यो रोगले मान्छेको ज्यानै लिन्छ । अनि यो रोगले आक्रमण गरेको थाहा पाउनासाथ सजगता अपनाइएको खण्डमा भने यसलाई सहजै पराजित पनि गर्न सकिन्छ । यस्तै उदाहरण प्रस्तुत गरेकी छन् एक ३१ वर्षिय महिलाले, जो क्यान्सरलाई सहजै पराजित गर्न सफल भएर उदाहरण बनेकी छन् । 

क्यानडिस मेर फोक्स नाम गरेकी महिला जम्मा ३१ वर्षको हुँदा उनले आफु थाइराइड क्यान्सरको चौथो स्टेजमा रहेको थाहा पाइन । डाक्टरहरुले उनको आयु पाँच वर्षमा सकिने ठोकुवा नै गरिदिए । डाक्टरले आफ्नो आयु पाँच वर्षभित्र सकिने किटाण गरिदिएता पनि फोक्स भने त्यस्तो खवरबाट दुखित भइनन् । उनले डाक्टरको अनुमानलाई चुनौति दिदै आफ्नो आयुको किटाण गर्ने डाक्टरहरुलाई नै आश्चर्यमा पार्ने काम गरिन् । 

सन २०११ मा फोक्सले आफ्नो कोरल बोनको माथि एउटा मासुको थुप्रो अनावश्यक रुपमा झुण्डिएको पत्तो पाइन जसलाई डाक्टरहरुले थाइराइड क्यान्सर नामाकरण गरिदिए । उपचार प्रकिया सुरु भयो । तर पनि क्यान्सर रोग शरीरका अरु अँगहरु तिर समेत फैलिन थाल्यो । 

आफ्ना दुईजना साथीहरु क्यान्सरका कारण मरेको अनुभव गरिसकेकि फोक्सले के अनुमान लागाइन भने उनका साथीहरु क्यान्सर रोगका कारण नभई अनावश्यक उपचरका कारण मरेको ठम्याइन् ।

अनि उनले एउटा बोल्ड निर्णय र आफूले केमियो थेरापी उपचार बिधि नअपनाउने निधो गरिन् । उनका डाक्टरहरुले केमियो थेरापी उपचार बिधि अपनाउन धेरै कर गरे तर फोक्स आफैले एउटा अध्ययन गरिन र केमियो थेरापी गरेर आफ्नो शरीरलाई दुख नदिने अडान देहोर्याइन् ।

केमियो थेरापीको सट्टामा बरु नियमित रुपमा दिनको ३ वटा भूँइकटहर खाने निधो गरिन् । साथै अंगुर, कागती, मेवा, स्याउ, केरा र किवि लगायतका अन्य फलफुलहरु पनि नियमित खान थालिन् । 

यी फलफुलहरु खानुका साथै उनले जनावरहरुबाट प्राप्त हुने प्रोटिन जन्य खाने कुराहरु खान पूर्णरुपले बन्द गरिन् । ६ महिना पछि, स्टेज ४ क्यान्सर पूर्णरुपले निको भयो । यो देखेर फोक्सका डाक्टरहरु चकित परे र उनीहरुले फोक्सलाई क्यान्सर मुक्त प्रमाणित गरिदिए ।

फोक्सले क्यान्सरलाई सहजै जितेको विषयमा विज्ञहरुले के पत्तोलाए भने फोक्सले दैनिक रुपमा खाएको फलफलुलहरुमा एक प्रकारको पोषण तत्व आबद्ध हुन्छ जसले क्यान्सरका तन्तुहरुलाई सहजै पराजित गर्न सक्छ । 

यसका साथै फोक्सले केमिकललाई आफ्नो जिवनबाट परै राख्नका निम्ति सौन्दर्यका सरदाम, घरसफागर्न प्रयोग गरिने उत्पादनहरु, धुम्रपान त्याग्नुको साथै आफूलाई तनाव दिन सक्ने विषयहरुबाट परै रहने बिचार गरिन् ।  

उनको अनुभव अनुसार, तनाव, केमिकल र जनावरबाट प्राप्त हुने खाद्य पदार्थले क्यान्सरलाई मलजल तथा उर्जा दिन्छ । तसर्थ उनले त्यस्ता खाद्य पदार्थबाट आफूलाई टाढै राखेको अनुभव सुनाउछिन्।

क्यान्सरलाई पराजित गर्न सक्नुको पछाडी आफुले अपनाएको पोषण जन्य खानपीनका कारण संभव भएको जिकिर फक्सको रहेको छ । उनको अनुसार डायटले नै क्यान्सरका तन्तुहरुलाई सखाप पारेको हो । 

उनले के पनि उल्लेख गरेकी छिन भने पोषण तत्व, दैनिक शारीरिक अभ्यास, सकारात्मक भावना र आध्यात्मिकताका कारण आफूले क्यान्सलाई पराजित गर्न सफल भएको बताउँछिन् ।

उनले अझै के पनि उल्लेख गरेकी छिन भने, भूईकटहर जस्ता फलफुलमा आवद्ध गुणले क्यान्सरलाई सहजै पराजित गर्न सक्छ ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »