वाशिंटन डिसीमा होली महोत्सव हुने

७ चैत्र २०७३

banner

वाशिंटन। अमेरिकाको वाशिंटन डिसीमा होली महोत्सव हुने भएको छ।  अप्रिल १ तारिकमा हुने होली महोत्सव दिउँसो एक बजेदेखि राति ११ बजेसम्म चल्ने आयोजकले जनाएको छ। 

होली महोत्सवमा तीनवटा ब्याण्डले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ। महोत्सवमा काया, रजाल द ब्याण्ड तथा मोक्ष मन्त्रले आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ। तीनवटा ब्याण्डको प्रस्तुतीपछि डिजे सुप्रिम्सले आफ्नो प्रस्तुतीमार्फत दर्शक तताउने छन्। 

महोत्सवमा विभिन्न नेपाली परिकारको स्टल राखिने भएको छ। मम, सेकुवा पानीपुरी  लगयातका नेपाली परिकार महोत्सवमा राखिने आयोजकले जनाएको छ। महोत्सवमा प्रवेश गर्न १५ डलर शुल्क तोकिएको छ भने दुई वटा रङको प्याकेट र एउटा सेतो टि–शर्ट सित्तैमा दिने आयोजनले जनाएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »