मध्यराति खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२८ माघ २०७४
banner

मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

पथरीशनिश्चरे-९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन।  रासस

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l