रियल र बार्सालाई राहत, सेभिल्लालाई धक्का

७ चैत्र २०७३

banner

काठमाण्डौँ। सेभिल्ला पराजित हुँदा स्पेनिस लालिगाको उपाधी होडमा रहेका रियल मड्रिड र बार्सिलोनालाई राहत मिलेको छ । गएराति भएको खेलमा लिगको तेस्रो स्थानमा रहेको सेभिल्ला एथ्लेटिको मड्रिडसँग ३-१ ले पराजित भएको हो ।


एथ्लेटिकोको जितमा  डिएगो गोडिन, एन्टोनी ग्रिजम्यान र कोकेले गोल गरे । सेभिल्लाका योआकिन कोरेआले एक गोल गरे ।

पहिलो हाफको ३७ औँ मिनेटमा गोडिनले गोल गर्दै एथ्लेटिकोको लागि सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको सेभिल्लाले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

खेलको ६१ औँ मिनेटमा एथ्लेटिकोका ग्रिज्म्यान तथा ७७ औँ मिनेटमा कोकेले गोल गर्दा खेल ३-० को अवस्थामा पुगेको थियो ।

खेलको ८५ औँ मिनेटम सेभिल्लाका कोरेआले एक गोल गरेपछि यथ्लेटिको मड्रिडले ३-१ को सहज जित हात पार्यो ।
हारपछि लिगको तेस्रो स्थानमा रहेको सेभिल्ला २८ खेलबाट ५७ अंकमा सिमित भएको छ भने समान खेल खेलेको एथ्लेटिको मड्रिड ५७ अंकसहित तालिकाको चौँथो स्थानमा छ ।   

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »