बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी

७ चैत्र २०७३

banner

म्याग्दी । मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी गर्दै आएका छन् ।

कतारमा तीन वर्ष काम गरेर आएका खत्रीले  ५० हजार लागतमा फार्म सञ्चालन गरेका हुन् । तीनवटा पाठापाठीबाट सुरु गरेको सो बङ्गुर फार्मको पुँजी अहिले  ३० लाख पुगेको छ ।

हाल उनको फार्ममा ५० वटा बङ्गुर रहेका छन् । उनले वार्षिक १२५ वटाभन्दा बढी बङ्गुर र पाठापाठी बिक्री गर्दै आएका छन् । उनको फार्ममा छजनाले रोजगारी पाएका छन् । उनले  बङ्गुर मासुका लागि बिक्री गर्दै आएका छन् ।

कम लगानीमा छिटो आम्दानी लिनका लागि बङ्गुरपालन उपयोगी माध्यम भएको खत्रीको भनाइ छ । उनलाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत  एक लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले सहज रुपमा सर्भसुलभ ब्याजदरमा ऋण र बजार व्यवस्थापनका लागि सहयोग गर्न सके स्वदेशमै उद्यम व्यवसाय गर्ने वातावरण बन्ने खत्री बताउँछन् । बङ्गुरपालनसँगै उनले कुखुरापालन समेत गर्दै आएका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »