पाँच वर्षे बालकको तेस्रो गीत ‘राजा रानी’ सार्वजनिक

२८ माघ २०७४
banner

काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा सबैको आकर्षण बढदो छ । युवा पुस्तामात्र होईन्, बालकदेखी बृद्धसम्मलाई नै गीतसंगीत क्षेत्रले आकर्षित गर्दै गएको छ । नयाँ–नयाँ प्रतिभावान कलाकारहरु यो क्षेत्रमा भित्रिदै गएका छन् ।

ए आर बुढाथोकी पनि गीतसंगीत क्षेत्रमा अघि बढदै गरेका बाल गायक हुन । भर्खरै पाँच वर्ष पुगेका बुढाथोकीको तेस्रो गीत भर्खरै बजारमा आएको छ । यसअघि ‘गुल्टियो झिल्के’ र ‘कसरी कसरी’ गाएका यि बाल गायकको तेस्रो गीत ‘राजा रानी’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो ।

टंक बुढाथोकीको संगीत, चन्द्र मगरको शब्द रहेको गीतको भिडियोमा वाल कलाकार नाम्साङ, विपाशा, सोनिक, बर्षा, निशा, रितु, स्मृति, युविन र आश्विनीले अभिनय गरेका छन् । ‘डि मेलोडिक्स क्रु’ ले निर्माण गरेको भिडियोलाई बिमल पाठकले निर्देशन गरेका हुन । भिडियोको कोरियोग्राफर अरुण श्रेष्ठ र सुनिद मानन्धर हुन ।

प्रवेश पोख्रेलको छायाँकन रहेको भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन गरेका हुन ।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।