हलमा फ्लप, युटयुवमा हिट ‘दर्पण छायाँ २’

२९ माघ २०७४

banner

काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘दर्पण छायाँ २’ युट्युवमा अपलोड गरिएको छोटो समयमै धेरै दर्शकले हेरेका छन् ।

सार्वजनिक प्रदर्शनमा दर्शकले नरुचाएको यो चलचित्र युटयुवमा भने दर्शकले चासोका साथ हेरेका छन् । तुलसी घिमिरे निर्देशित यो चलचित्र फेब्रुअरी ८ तारिखमा युटयुवमा अपलोड गरिएको थियो । यो समाचार तयार पार्दासम्म चलचित्रले ९ लाख ७७ हजार बढी भ्युज कमाउँदै ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ ।

साबु गदाल कार्की र रवि कार्कीको निर्माण रहेको चलचित्र ‘दर्पण छायाँ २’ मा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष