नक्कली रुपैयाँसहित दुई युवक पक्राउ

२९ माघ २०७४
banner

लहान । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो ।

नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज. ५ प ६२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।रासस

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l