पुरुषलाई खुशी बनाउन जापानका महिलाहरु यसो गर्छन

७ चैत्र २०७३

banner

टोकियो। विश्वमा आज पनि यस्ता परम्परा विद्यमान छ, जसलाई थाहा पाउँदा अचम्म लाग्छ। केही यस्तै अनौठो परम्परा जापानमा दशकौंदेखि चलिआएको छ। जापानमा पुरुषलाई खुशी बनाउन महिलाहरुले आफ्नो खुवी देखाउँदै आएका छन्। पुरुषलाई खुशी बनाउँदा त्यसबापत महिलालाई पैसा दिइन्छ।  

पुरुषलाई खुशी पार्ने महिलालाई ‘ठीशा’ भनिन्छ, जसले पुरुषका अगाडि नाच्ने र गाउने काम गर्छन्। पुरुषलाई खुशी पार्न नाच्ने गाउने महिलालाई पश्चिमा देशमा वेश्या भन्ने चलन रहेको छ। जापानमा यो परम्परा चार सय वर्ष भन्दा पुरानो भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

केही समय पहिला स्पेनिश फोटोग्राफरले नजिकबाट यसलाई यो परम्परालाई तस्बिरमा उतारेका थिए। महिलाहरु आफ्नो परम्परागत पहिरनमा सजिएका हुन्छन्। महिलाको अनुहारमा मेकअप गरिएको हुन्छ। फोटोग्राफर लुकासले अनुमति लिएर ती फोटो खिचेका थिए। 

परम्पराका अनुसार ‘ठीशा हाउस’ कालागि युवतीको चयन गरेपछि उनीहरुलाई धेरै वर्षसम्म तालिम दिइन्छ। एक महिलाले अन्य युवतीलाई तालिम दिन्छिन्। ठीशा हाउसमा नै उनीहरुलाई राखिन्छ।  ठीशा हाउसमा बस्न युवतीहरुले संगीत, नृत्य तथा ग्राहकलाई खुशी बनाउने गरी कुरा गर्न सिकाइन्छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »