’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’ को टिजर उपहार

२९ माघ २०७४

banner

काठमाडौँ । चैत्र ९ मा रिलिज हुने पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको चलचित्र ’शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । चलचित्र युनिट टिजरलाई हलमा मात्र रिलिज गरेका छन् । सार्वजनिक गीत रुपै मोहनी र पिरतीको बर्कोले राम्रो चर्चा बटुलिरहेको छ । पिरतीको बर्को ट्रेण्डिङमै रहिरहदा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो । 
प्रदर्शनरत चलचित्र ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् । डेब्यु चलचित्र ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यसफिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ । 
चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । 
यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »