ग्रामीण सडक सुधारकालागि एडीबीको एक अर्व आर्थिक सहयोग

२९ माघ २०७४

banner

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालको ग्रामीण सडक सुधार परियोजनाका लागि एक अरब आर्थिक सहायता उपलब्ध गराउने भएको छ।  अर्थ सचिव शंकरप्रसाद अधिकारी र बैंकका देशीय निर्देशक मुख्टोर खामुदखानोभबीच एडीबीले नेपालको ग्रामीण सडक सुधार परियोजनाका लागि १ अरब आर्थिक सहायता उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हो।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको सो समझदारी पत्रमा नेपालको ग्रामीण सडकको दिगो विकास गर्ने उद्देश्यका साथ एसियाली विकास बैंकले आर्थिक सहायता उपलब्ध गराएको उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै अर्थसचिव अधिकारीले एशीयाली विकास बैठकले नेपालको ग्रामिण सडक सुधारका लागि आर्थिक सहायता उपलब्ध गराएको जानकारी दिए। 
एडीबीले नेपालको ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा पनि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »