पूर्वी दमासकसका भीषण भिडन्त

७ चैत्र २०७३

banner

बेरुत। पूर्वी दमासकसमा सोमबार विद्रोहीहरुको अखडालाई लक्षित भारी हवाई आक्रमण भएको एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । विद्रोहीले गोप्य सुरुङ्ग र आत्मघाती आक्रमण गरेपछि सिरियाली सरकारी बलले सो हवाई आक्रमण गरेको बताइएको छ ।

पूर्वी दमासकसमा अवस्थित जोबारमा विद्रोहीको अखडालाई लक्षित गरी भीषण हवाई आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन् ।अल कायदा आतङ्ककारी समूहसँग सम्बन्धित फतेह अल साम फन्टले आइतबार जोबारस्थित सरकारी क्षेत्रहरुलाई लक्ष्य गरी आक्रमण गरेका थिए ।

सोमबार भएको हवाई आक्रमणमा परी के कति व्यक्तिले ज्यान गुमाए सो भने प्रष्ट नभएको रहमानले जानकारी दिएका छन् । त्यसैगरी सोमबार भएको हवाई आक्रमण सिरियन सरकारको युद्धक विमान हो या र रसियाली सो पनि प्रष्ट नभएको उनले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट ९आइएस०को प्रभाव बढदै गयो । सिरियामा जारी यस युद्धमा परी सन् २०११ बाट हालसम्म तीन लाख १० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखाैँ आफ्नो घर छोडी आफ्नै देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् ।रासस/एएफपी


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »