राजधानीमा बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने

२९ माघ २०७४

banner

फाइल फाेटाे

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बृहत अन्तर्राष्ट्रिय कृषि मेला आयोजना हुने भएको छ।  सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी किसानलाई समृद्ध बनाउने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि ६ गतेसम्म काठमाडांैमा बृहत अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो।

किसानहरुलाई पनि समृद्ध बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको श्रीकिसान इनोभेसन हबकी प्रमुख मौसमी श्रेष्ठले जानकारी दिए। मेलामा नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको बारे विस्तृत जानकारी दिने व्यवस्था पनि गरिएको छ। 

मेलामा कृषि, पशुपालन, माछापालन, कुखुरापालनजस्ता विषयमा विज्ञहरुले जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्। १ सय २० वटा भन्दा बढि स्टल राखिने मेलामा भारत, चीन, मलेसिया, इटाली, इजरायल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डस्सहित १० वटा भन्दा बढि देशहरु सहभागी हुनेछन्। मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन मेला उपयोगी हुने अपेक्षा गरिएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »