ब्लड क्यानसर पीडित  बालिका क्रिष्टिना सुनुवार लाई ओमान बाट आर्थिक सहयोग 

२९ माघ २०७४

banner

मस्कट, ओमान ।   चार वर्षको उमेरमै ब्लड क्यान्सर रोग बाट ग्रसित भएकि पोकली  गा वि स वडा न ४ ओखलढ्ंगा निवासी  क्रिष्टिना सुनुवार लाई ओमान बाट ८०,३५० नेपाली रुपैयाँ सहयोग पठाईएको छ ।

 पीडित बालिकाको उपचारमा टेवा पुगोस् भन्ने उदेश्यका साथ उक्त रकम पठाईएको हो ।

एन आर एन सोसल क्लब ओमानका उपाध्यक्ष गुणाहरि अधिकारीको पहलमा ओमानमा कार्यरत नेपालीहरु बाट सो रकम संकलन भएको थियो ।  उक्त रकम बालिकाको परिवारको सदस्यको नाममा पठाइएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »