राजनीति सुद्धिकरण र देश बिकाशका लागि युवा सहभागिता अनिवार्य  

२९ माघ २०७४

banner

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत नेपाली सीए विद्यार्थीहरुको संस्था 'नेपाली स्टुडेन्ट हेल्पिङ्ग हेन्डस'ले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा भब्यरुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नेपाली देशभक्तिमा आधारित संगित तथा नृत्य प्रस्तुत गरिएो थियो । सोही कार्यक्रमले ऐतिहासिक रुपमा विद्यार्थीहरु द्वारा मतदान गरि कुश कुमार मण्डलको  नयाँ नेतृत्व चयन गरेको छ। 

नेपाली सीए विद्यार्थीहरुमा आइपरेका समस्याहरुलाई संम्बन्धित निकाय सम्म पुर्याऊने, विद्यार्थीहरु बीच एक आपसमा समन्वय स्थापना गर्ने र नेपाली सदभाबलाई प्रवासमा कायम राख्ने मुख्य उदेश्यका साथ २३ जुन, २०१३ मा ५० जना विद्यार्थीहरुको पहलमा स्थापना गरिएको संस्था वर्तमान समयमा दिल्लीमा सीए अध्ययनरत लगभग सम्पूर्ण नेपाली विद्यार्थीहरुको सहभागिता गराउन सफल भएको छ। 

हेल्पिङ्ग हेन्ड्स संस्था लाई यहाँ सम्म पुर्याउन संस्थापक अध्यक्ष तथा वर्तमान अखिल क्रान्तिकरी ९राजनीति० संस्थाका संस्थापाक अध्यक्ष मदन बस्नेतको योगदान लाई संस्थाले सदैब भुल्न नसक्ने संस्थाका प्रमुख सल्लाहकार सन्दीप पाण्डेले डिसी नेपाल लाई बताए ।

नेपाली राष्ट्रियगान प्रति समर्पित हुँदै उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष बिबेक बिक्रम सिजापति तथा विशेष अतिथि सीए ( NIRC of ICAI) का अध्यक्ष राकेश मक्कर द्वारा दिप प्रजलन गरिएको थियो । 

सीए हंशराज चुग, सीए राकेश मक्करले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई मोटिभेसनल का साथ कुनै पनि समस्या आइपर्दा सहयोगका लागि सदै तत्पर रहेको बताए साथै नेपाल दूतावासका प्रतिनिधि प्रकाशराज पाण्डेले दूतावास बाट हुनुपर्ने कार्य तथा विद्यार्थीहरुको कुनै पनि प्रस्ताव सम्बन्धित विभाग सम्म पुराउने आश्वासन दिएका थिए ।

'हाम्रो समाजले विद्यार्थीहरुलाई संघ-संस्था, राजनीतिमा सहभागिता स्वीकार गर्दैन, तर देश विकास र राजनीति सुद्धिकरणका लागि विद्यार्थी तथा युवा वर्गको सहभागिता नभए सम्म सम्भव हुन सक्दैन', संस्थापाक अध्यक्ष मदन बस्नेतले बताए ।

अन्तरिम समिति सचिव (NSHH) निर्मल मरासनीले कार्य समितिको वार्षिक प्रगती प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । नेपाली स्टुडेन्ट हेल्पिङ्ग हेन्डसका अध्यक्षले नोभेम्बर २०१७ मा सिए हुन सफल भएका तथा IPCC, CPT सिए परिक्षा पास हुन सफल विद्यार्थीहरुलाई मायाको चिनो, खादा र प्रशंसा पत्रले अभिनन्दन गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रम नेपाली स्टुडेन्ट हेल्पिङ्ग हेन्डसका अध्यक्ष बिबेक बिक्रम सिजापतिको सभापतित्वमा, नेपाली दूतावास प्रतिनिधित्व प्रकाश राज पाण्डेको प्रमुख आतिथ्य, बिशेष अतिथि हंशराज चुग, राकेश मक्कर तथा विद्यार्थी राजेश रिजाल र नेन्सी द्वारा कार्यक्रम संचालित गरिएको थियो । कार्यक्रममा लक्ष्मी नगर स्थित सीए संस्थाका संचालक, विभिन्न राजनीतिदल बाट केन्द्रिय स्तरका नेताहरु सहित दर्जनौ संघ संस्थाका प्रतिनिधि, समाजसेवीहरुका साथ  हजारौँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रम सभापति तथा निवर्तमान अध्यक्षले आफ्ना सहयोगी सहपाठी, विद्यार्थी तथा दिल्लीमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुलाई सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए तथा संस्था विद्यार्थीहरुकै हकहितका लागि हो भन्दै उनिहरुको समस्याको समाधानका लागि सधै तत्पर रहेको तथा वर्तमान नयाँ निर्वाचित टिमसंग हातेमालो गरि विद्यार्थीहरुका लागि कार्यमा निरन्तर दिने प्रतिबद्धता देखाएका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »