महाशिवरात्री: पशुपतिनाथमा बाबाजीको चर्तिकला (फोटोफिचर)

२९ माघ २०७४
banner

काठमाडौँ। महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। शिवरात्रीकै लागि पाशुपत क्षेत्रमा नेपाल र भारतबाट चार हजार साधुसन्त र जोगी आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आइतबारको तुलनामा सोमबार पाशुपत क्षेत्र साधुसन्त र जोगीले भरिभराउ देखिन्थे। सोमबार साँझसम्म उनीहरु आउने क्रम जारी नै थियो। भर्खर आएको साधुसन्त तथा जोगीहरु आफ्ना लागि स्थान खोज्दै थिए भने कोही आगो ताप्दै गाँजाको धुँवामा मस्त थिए। महाशिवरात्री मेलामा गाँजालगायत नशालू पदार्थ सेवन गर्न नदिने भनिएपनि उनीहरु खुल्लमखुल्ला सेवन गर्दै गरेको दृश्य देख्न सकिन्थ्यो। कोही भने मन्दिरमा अढेल लगाएर बसिरहेका थिए। साथै यसपटक भने पशुपति मन्दिरको दर्शन गर्न करिब १२ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ। यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ। महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताए।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l