टोटनहामको जित, चेल्सीसँगको अंकदुरी १० मा घटायो

७ चैत्र २०७३

banner

इंगलिस प्रिमियर लिगमा टोटनहाम विजयी भएको छ । गएराति सम्पन्न खेलमा लिगको दोस्रो स्थानमा रहेको टोटनहामले साउथह्याम्पटनलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

टोटनहामको जितमा क्रिश्चियन एरिक्सन र डेल अली बने । खेलको १४ औँ मिनेटमा एरिक्सनको गोलबाट टोटनहामले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ३३ औँ मिनेटमा अलीले गोल गर्दै टोटनहामको अग्रता दोब्बर पारे ।

पहिलो हाफै २-० ले पछि परेको साउथह्याम्पटनको लागि ५२ औँ मिनेटमा वार्ड प्रावजले गोल गरेपछि खेलमा फर्किन प्रयास गरेको थियो । तर त्यसपछि टोटनहामको रक्षात्मक पक्तिंलाई तोड्न असफल हुँदा साउथह्याम्पटनले २-१ को हार बेहोर्न बाध्य भयो ।

जितसँगै टोटनहामले लिगलिडर चेल्सीसँगको अंकदरुी १० मा झारेको छ । चेल्सीको २८ खेलबाट ६९ अंक छ भने समान खेल खेलेको टोटनहामको ५९ अंक छ ।      



 

Leave a reply

HTML Tags are not supported

Post My Comment »