डिभिजन टुः नेपालले केन्यालाई ३ विकेटले हरायो

२९ माघ २०७४

banner

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज भएको चौथो खेलमा नेपालले केन्यालाई पराजित गरेको छ। नामिबियामा भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७८ रनको चुनौती दिएको थियो। तर नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य भेटायो।

नेपालका लागि सर्वाधिक आरके पौडेलले ४७ रन बनाए। यस्तै कप्तान पारस खड्का र अरिफ शेखले ४२र४२ रन जोडे। शरद भेशवाकरले १९ रनको योगदान दिए। केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे ।

त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे ।  यो जितसँगै नेपालले विश्वकप खेल्ने सम्भावना झनै बढेर गएको छ। नेपालले अब अन्तिम खेलमा क्यानाडाको सामना गर्नेछ।

यो पनि पढ्नुहोस्

सन्दिपको चमत्कारः १० ओभरमा ५ विकेट, ५ मेडन

Leave a reply

HTML Tags are not supported

Post My Comment »