पशुपतिमा यस्तो देखियो साधुहरुको चहलपहल (भिडियो)

२९ माघ २०७४

banner

काठमाडौँ। भोलि महाशिवरात्री । पशुपत क्षेत्रमा पछिल्ला दिन निकै भिडभाड बढेको छ । मंगलबार शिवरात्री मेलाको भव्य शुभारम्भ भएको छ । विहानैदेखि पशुपत क्षेत्रमा भिड बढेको छ । 

शिवरात्रीकै लागि पाशुपत क्षेत्रमा नेपाल र भारतबाट चार हजार साधुसन्त र जोगी आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आइतबारको तुलनामा सोमबार पाशुपत क्षेत्र साधुसन्त र जोगीले भरिभराउ देखिन्थे । सोमबार साँझसम्म उनीहरु आउने क्रम जारी नै थियो । सोमबार आएका साधुसन्त तथा जोगीहरु आफ्ना लागि स्थान खोज्दै थिए भने कोही आगो ताप्दै गाँजाको धुँवामा मस्त थिए । 

महाशिवरात्री मेलामा गाँजालगायत नशालू पदार्थ सेवन गर्न नदिने भनिएपनि बाबाहरु खुल्लमखुल्ला सेवन गर्दै गरेको दृश्य देख्न सकिन्थ्यो । 

यसपटक पशुपति मन्दिरको दर्शन गर्न करिब १२ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताए ।

पशुपतिमा साधुसन्तको चहलपहल दर्शाउने भिडियोः

Leave a reply

HTML Tags are not supported

Post My Comment »