नेदरल्याण्डसबाट कडा प्रतिष्पर्धाका साथ कलाकार छनौट

२९ माघ २०७४

banner

नेदरल्याण्डस । छैठौ यूरोप स्तरीय एकल नृत्य र तेश्रो यूरोप महादेश स्तरीय गायन प्रतियोगितामा भाग लिनका लागि कलाकार छनोट गरिएको छ ।

नेपाली कला र संस्कृतिको प्रवद्र्धन तथा नेपाली प्रतिभाहरुको पहिचान र सम्मान गर्ने मूल उद्धेश्य सहित हरेक वर्ष हुने गरेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को यूरोप महादेश स्तरीय कार्यक्रम आयोजना हुँदै आएको छ ।  

गत शनिबार फेब्रुअरी १० तारिखका दिन नेदरल्याण्डसको राजधानी आम्स्टरदाममा अडिशनमार्फत कलाकार छानिएका हुन । अत्यन्त कडा प्रतिस्पर्धाका साथ छानिएका कलाकारहरुमा अन्गीला रोक्का र रेसोनिका कँडेल रहेका छन् ।

उनिहरुले आगामी अप्रिल २२ तारिखका दिन लण्डनमा हुन गैरहेको नृत्य प्रतियोगीतामा भाग लिन पाउनेछन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »