एनआरएन महिला फोरम स्वीटजरल्याण्डले नारी दिवस मनाउने

१ फाल्गुन २०७४

banner

विजय शर्मा दर्पण
स्वीटजरल्याण्ड  । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा नारी दिवस मनाउँदै आईएको छ ।

हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी कार्यक्रमहरु गरि मनाईने गरिएको छ । गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० मा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भब्यरुपमा मनाउने भएको छ ।

वर्तमान अवस्थामा एनआरएन स्वीटजरल्याण्डले अन्य देशभन्दा पृथक र रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ । ४ फेब्रुअरीमा भएको दुतावास तथा विभिन्न संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा नारि दिवस एनआरएन स्वीटजरल्याण्डको महिला फोरमले मनाउने सहमति भएको थियो । अघिल्ला बर्षहरुमा पनि महिला फोरमले नै कार्यक्रम गर्दै आईरहेको छ ।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्वमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो । अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनाएता पनि स्वीटजरल्याण्डमा भने सार्वजनिक विदाको अवसर पारेर मनाइन्छ । संयोजक लामाका अनुसार यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमको उद्धेश्य महिला जागरणको साथसाथै केही परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने रहेको छ । उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि, नारी समाज पोर्तुगलकी अध्यक्ष तथा एनआरएन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल त्यस्तै नारी समाज पोर्तुगलकी महासचिव मिना खरेलको विशेष उपस्थिति रहनेछ । बिशेषगरी कार्यक्रममा महिलामाथि हुने हिसांको समाधान र अन्त्य लगायतका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरिनेछ । कार्यक्रमका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । स्विसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुका प्रतिनिधि, व्यापारी, विद्यार्थी, पत्रकार लगायत स्विसमा सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »