एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता !

१ फाल्गुन २०७४

banner

फाईल तस्वीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् ।

ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान अन वान छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय फेरिवान अन वान छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन् । स्रोतका अनुसार फागुन ६र७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकतामा जोड दिएका हुन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »