लुटेरा समात्न प्रहरीको नयाँ सुत्र : सारी, कुर्ता र नक्कली गहनाले सजिए महिला प्रहरी

१ फाल्गुन २०७४

banner

काठमाडौं । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष गरेर यो बर्ष शिवरात्रीमा प्रहरीले नयाँ सुत्र अपनाएको छ । दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

ति प्रहरी दर्शनार्थीकै भेषमा खटिएका छन् । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार, विगतका बर्षमा लुटेराले दुख दिए पछि यो बर्ष नयाँ सुत्र परिचालन गरिएको हो ।

शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन् । भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेका छन् । लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिदा लुट्न खोजेलाई समात्न सजिलो हुन्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »