युवतीको सामूहिक बलात्कारपछि हत्या गर्ने ४ जनालाई मृत्युदण्डको सजाय

१ फाल्गुन २०७४
banner

बीबीसी । बांग्लादेशको एउटा अदालतले एउटी युवतीको सामूहिक बलात्कार पछि हत्या भएको मुद्दामा चार जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।

सो घटनामा संलग्न अर्का एक जना पुरुषले सात वर्षको कैदको सजाय पाएका छन्। कानुन अध्ययन गर्दै गरेकी पीडित जाकिया सुल्ताना रुपा एउटा स्थानीय बसमा गत अगस्ट महिनामा यात्रा गर्दै थिइन्। सोही बसका चालक र अरू कर्मचारीले सो बसको अन्तिम यात्रु रहेकी उनको सामूहिक बलात्कार गरेका थिए।

प्रहरीले उनको शव राजधानी ढाकाबाट केही पर रहेको एउटा जंगलमा फेला पारेको थियो। त्यसको केही दिन पछि बसका चालक, उनका सुपरीवेक्षक र तीन जना सहायकहरूलाई पक्राउ गरिएको थियो।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।