कपिलवस्तुमा ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

१ फाल्गुन २०७४

banner

कपिलवस्तु । ट्र्याक्टरले ठक्कर दिँदा कपिलवस्तुमा गएराति एकजनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नम्बरको टर्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनकोे उपचारको क्रममा राति ८ बजे सामुदायिक अस्पताल ४ नम्बर जितपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »