शिवरात्रीको पूर्वसन्ध्यामा सोमबार राती पशुपतिको प्रवेशद्वार गौशालामा देखिएको दृश्य (भिडियो)

१ फाल्गुन २०७४

काठमाडौं। मंगलबार पशुपतिमा भव्य रुपमा शिवरात्री मनाउने तयारी भइरहेको थियो । यसका लागि केही दिन अघिदेखि नै जोडतोडका साथ तयारी भइरहेको थियो । शिवरात्रीको अघिल्लो रात पशुपतिको प्रवेशद्वार गौशाला पुग्दा यहाँ सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीहरु निकै सक्रिय थिए । 

पशुपतिमा शिवरात्रीको दिन मध्यरातदेखि नै दर्शनार्थी आउने गरेको विगतलाई ध्यानमा राख्दै यसपटक पनि त्यस्तै भिडभाड हुने अनुमान ट्राफिक प्रहरीले गरेका थिए । सामान्य अवस्थामै ट्राफिक जाम भइरहने गौशाला र चाबहिल क्षेत्रमा शिवरात्रीको अवसरमा हुने भीड थेग्नु निकै मुस्किल हुने तय थियो । त्यसमाथि सोमबार राती उपराष्ट्रपति नन्दबहादुर पुन पशुपति दर्शनका लागि आउने भएकोले सवारी व्यवस्थापन चुनौतीपूर्ण थियो । सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीको सक्रियता उल्लेख्य थियो । 

भिडियोमा हेर्नुहोस् सवारी व्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरीहरु 
 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l