प्रदेश नम्बर दुईः सरकारको गठनको तयारीमा फोरम र राजपा

१ फाल्गुन २०७४

banner

जनकपुर। प्रदेश नम्बर २ मा मधेसी गठबन्धनमा आवद्ध दुई दलले सरकार गठनको तयारी सुरु गरेका छन्।  संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा सरकार गठनका लागि पहल सुरु गरेका हुन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आह्वान गरेसँगै दुई दल सरकार बनाउने पहलमा लागेका हुन्।  

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लाल बाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकार गठन गर्ने बताए।  राजपा नेपालका नेता मनिषकुमार सुमनले पूर्व सहमति अनुसार नै २/३ दिन भित्रै सरकार गठन हुने बताए।

प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरी यसअघि नै सहमति गरिसकेका छन्।

फोरम र राजपाबीच महत्वपूर्ण पद बाँडफाँडमा सहमति भइसकेको छ।  दुई दलबीच भएको सहमति अनुसार फोरपले मुख्यमन्त्री पाउने र राजपाले सभामुख पाउने सहमति भइसकेको छ। दुई नम्बर प्रदेशमा राजपाका सरोज यादव सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन्।  फोरमका उपाध्यक्ष लालबाबु राउत संसदीय दलको नेतामा निर्वाचित भइसकेका छन् र उनी मुख्यमन्त्री बन्ने पक्का छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »