डिभिजन टुः नेपाल दोस्रोबाट तेस्रो स्थानमा झर्यो, विश्वकप छनोट खेल्न भोलिको खेल जित्नैपर्ने

१ फाल्गुन २०७४
banner

काठमाडौं। आइसीसी डिभिजन टु प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपाल आज तेस्रो स्थानमा झरेको छ । यससँगै अब नेपाललाई विश्वकप छनोट खेल्न भोलिको क्यानडाविरुद्धको खेल जित्नैपर्ने अवस्था आएको छ । 

डिभिजन टुको समूह चरणअन्तरगत आज भएको नामिबिया र केन्याबीचको खेलमा नामिबियाले केन्यालाई फराकिलो अन्तरले पराजित गरेसँगै नामिबिया नेपाललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । अब शीर्ष ३ टोली क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । नेट रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ । 

अब भोलि हुने खेलमा नेपालले क्यानडालाई जित्न सकेमा मात्र विश्वकप छनोट खेल्न पाउने अवस्था आएको छ । भोलि दोस्रो खेल नामिबिया र युएइबीच तथा तेस्रो खेल केन्या र ओमानबीच हुँदैछ । केन्या र ओमानको खेलले नेपाललाई खासै असर नगर्ने भए पनि युएइ र नामिबियाबीचको खेलले भने नेपालको यात्रा प्रभावित पार्नेछ । यी दुई टिमको नेट रनरेट हेर्दा जुनसुकै टिमले जिते पनि नेपालले हारेमा नेपाल विश्वकप खेल्न पाउने अवस्था रहने छैन । 
 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l