के दिउँ भ्यालेन्टाइन उपहार ?

१ फाल्गुन २०७४

banner

काठमाडौं । भोलि (बुधबार) भ्यालेटाइन डे । विशेषगरी प्रेमी प्रेमीकाले गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने दिन हो, –भ्यालेन्टाइन डे । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिनलाई नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा समेत लिने गरिन्छ । 

प्रणय दिवसका नामले पनि परिचित भ्यालेन्टाइनको पूर्वसन्ध्यामा काठमाडौंका गिफ्ट सेन्टरमा यतिवेला युवायुवतिहरुको  भिडभाड लागेको छ ।
भ्यालेन्टाइन डेका लागि दरबारमार्गमा रहेका पसलमा युवतिहरु आफ्नो प्रेमीको लागि उपहार छान्दै थिए ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।

तस्वीरहरु : प्रदीपराज वन्त, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »