ढिलोचाँडो मै प्रधानमन्त्री बन्छु : प्रचण्ड

१ फाल्गुन २०७४

banner

फाईल तस्वीर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू फेरी प्रधानमन्त्री बन्ने दावी गरेका छन् । अध्यक्ष दाहालले आफू ढिलोछिटो प्रधानमन्त्री बन्ने प्रतिक्रिया दिएका हुन ।

मंगलबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादी केन्द्रको सहमतितर्फ संकेत गर्दै ढिलोछिटो आफू सरकार प्रमुख हुने बताए ।

उनले देश गरिब भएका कारण आफूले नोबेल शान्ति पुरस्कार पाउन नपाएको पनि बताए । निकै ठूलो द्धन्द्धलाई शान्ति सम्झौताद्धारा टुंगो लगाउँदा पनि शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूलाई गरिब देशका भएकाले पश्चिमाहरुले त्यति धेरै महत्व नदिएको उनको भनाई थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »