स्वाईन फ्ल्युका कारण २१ जनाको मृत्यु

१ फाल्गुन २०७४

banner

अल्जेरिया । स्वाईन फ्ल्युको नामले चिनिने ‘एचवानएनवान इन्फ्ल्युन्जा’का कारण अल्जेरियामा २१ जनाको मृत्यु भएको छ । सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले राज्यद्धारा संचालित टेलिभिजनमा मङ्गलबार पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारीनुसार स्वाईन फ्ल्युको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ बर्ष सम्मका नागरिकहरु रहेका छन ।

गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन फ्ल्युको संक्रमण भएको स्विकार गरेका थिएनन् । तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले स्वाईन फ्ल्युका कारण ३५ जना प्रभावित भएका घोषणा गरेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष