कालीमाटी फलफूल तथा तरकारी बजार समितिको यस्तो चेतावनी

१ फाल्गुन २०७४

banner

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले नियमसम्मत ढंगले कारोबार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्न बाध्य हुने चेतावनी दिए। उनले तोकिएको मूल्य अनुसार तरकारी तथा फलफूलको कारोबार गर्ने व्यवसायीलाई पुरस्कृत गर्दै लगिएको पनि स्मरण गराए। समितिले बजार सुधार अभियानलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ । मंगलबार समितिको २४ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले बजार सुधार अभियानमा सुधार ल्याउन फोहोरमैला व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि कार्यक्रमसँग सहकार्य गरेर काम अघि बढाइएको पनि जानकारी दिए।

समितिले उत्कृष्ट ढंगले बजारमा तरकारी तथा फलफूल कारोबार गर्ने व्यवसायीलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सरकारले आम उपभोक्तालाई ध्यानमा राखेर कालीमाटीमा फलफूल तथा तरकारी बजार आजभन्दा २४ वर्ष अघि नै संचालनमा ल्याएको हो। तरकारी तथा फलफूलको गुणस्तर मापन गर्न समितिले प्रयोगशालाको समेत स्थापना गरिसकेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »