नारायणगढ-मुग्लिन सडकखण्डको काम समयमै सम्पन्न गर्न मुख्य मन्त्री पौडेलको निर्देशन

१ फाल्गुन २०७४
banner

काठमाडौँ । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको काम निर्धारित समय भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको मंगलबार अनुगमन पछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। नारायणगढ मुग्लिन सडक खण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उहाँले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी दिए।

२०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तिन पटक सम्म म्याद थप गरि सकिएको छ। पछिल्लो म्याद अनुसार २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने भएपनि त्यसो हुन नसकेपछि पुन म्याद थपको तयारी भईरहेका बेला मुख्यमन्त्री पौडेलले अबको म्याद थप नै अन्तिम हुनुपर्ने तर्फ सचेत गराए।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले नितिगत रुपमा सुधार गरेर विकास निर्माणका कामलाई तिव्रता दिने बताए। सडक अनुगमनमा प्रदेश नम्बर ३ का सांसदहरु विजय सुवेदी, दावा दोर्जे लामा, रिना गुरुङ लगाएत पनि सहभागी रहेका थिए।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l