प्रेमिकालाई गोली हानेपछि आफूले पनि आत्महत्या

७ चैत्र २०७३

banner

युपी। भारतको उत्तर प्रदेशको शाहजहाँपुर जिल्लामा एक ‘पागल आशिक’ले आफ्नी मन परेकी केटीलाई गोली हानेपछि आफूले पनि आत्महत्या गरेका छन्। छिमेकीका अनुसार केटीका परिवारले छोरीको बिहे अन्तै गर्न लागेका थिए। सोही कारणले आरोपीले पीडितलाई गोली हानेर आफूलाई पनि गोली हानेका छन्। 

२४ वर्षीय लालु यादवले २० वर्षीया शिवानी तिवारीको गोली हानेर हत्या गरेका हुन्। छिमेकमा रहने लालुले केहीको घरभित्रै घुसेर गोली हानेका थिए। उनीहरुको ३ वर्षदेखि प्रेम चलिरहेको बताइएको छ। लालु आफ्नो घरमा जाँदैनथे। शिवानीको घरमै बस्ने गरेको छिमेकीले बताएका छन्। लालु ट्रक चलाउँथे। उनीहरु बाहिर पनि भेट्ने गर्थे। फरक समुदायका भएका कारण उनीहरुको विवाह हुन सकेको थिएन। शिवानीका पिताले छोरीको बिहे अन्तै गर्न खोजेको बताइएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »