संसदमा राष्ट्रवादको रडाकोः कांग्रेस, एमाले र माओवादी सांसदबीच जुहारी

७ चैत्र २०७३

banner

काठमाडौं । व्यवस्थापिका संसदमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच को राष्ट्रवादी भन्नेमा आरोप प्रत्यारोप चलेको छ । 
व्यवस्थापिका संसदको सोमबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका सांसदबीच राष्ट्रवादको विषयमा आरोप प्रत्यारोप चलेको हो। 

कांग्रेस सांसद खतिवडाको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै एमाले सासंद भीम रावलले हिम्मत भए निर्वाचनमा गएर जनताबाट निर्वाचित हुन चुनौती दिए। 

बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिपक्षी दल नेकपा एमाले मेची महाकाली अभियानको नाममा राष्ट्रवादको हवाला दिदै अराजकता फैलाउने काम गर्दै हिडेको आरोप लगाए। एमालेले अरुको अस्तित्व माथि प्रहार गर्दै देशमा अफवाह फैलाउने काम गरेको आरोप लगाए। अरुलाई होच्याउने र गाली गर्ने गतिविधिले निर्वाचनको वातावरण तयार नहुने भन्दै उनले अरुलाई अराष्ट्रिय तत्व भनेर सहमतिको वातावरण बिगार्न एमाले लागिपरेको बताए। 

कांग्रेस सांसद खतिवडाको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै एमाले सासंद भीम रावलले रााष्ट्रिय अखण्डता र लोकतन्त्रका लागि एमालेले चलाएको अभियानलाई अराजक देख्ने राजनीतिक दललाई लोकतन्त्रको दुहाइमा गोहिको आसु को संज्ञा दिए। उनले हिम्मत भए निर्वाचनमा गएर जनताबाट निर्वाचित हुन चुनौती दिए। 

माअोवादी सांसद अमनलाल मोदीले इतिहासमा कुनै थारु वा मधेसीले देशको अहितमा कुनै सन्धि र सझौता नगरेको दाबी गर्दै उनले त्यस्तो सन्धि सझौता गर्ने एमाले नै हो भन्दै आक्रामक बने।

कन्चनपुरमा सिमा मिचिएको अवस्थामा पनि सरकार मुकदर्शक बनेको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धबारे प्रबुद्ध समूहको बैठक पटक पटक स्थगित गरेर सरकारले लम्पसारवादलाई अंगालेको दाबी गरे। 

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले सरकार र कुनै मधेसी दल लम्पसारवादी नभएको भन्दै क्षेत्रियताका नाममा अघि सारिएको राष्ट्रवाद अतिवाद तर्फ उन्मुख हुने बताए। इतिहासमा कुनै थारु वा मधेसीले देशको अहितमा कुनै सन्धि र सझौता नगरेको दाबी गर्दै उनले त्यस्तो सन्धि सझौता गर्ने एमाले नै हो भन्दै आक्रामक बने।

कांग्रेस सांसद रामहरि खतिवडाले एमाले मेची महाकाली अभियानको नाममा राष्ट्रवादको हवाला दिदै अराजकता फैलाउने काम गर्दै हिडेको आरोप लगाए।

सभामुख ओनसरी घर्तिमगरले सदनको बैठक शुरु गर्नासाथ मधेसी मोर्चाका सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि नेपाल सद्भावनाकी सांसद डिम्पल कुमारी झाले बैठकको सुरुमै बोल्दै परिमार्जन सहितको संविधान संसोधन विधेयक कार्यसूचीमा नराखेसम्म बैठकमा सहभागी नहुने भन्दै विरोध गरे। लगत्तै बैठकमा उपस्थित मोर्चाका सांसदहरु बैठक बहिष्कार गरि बाहिरिए। (तस्बिरः संविधान जारी भएको दिन संसद भवन। फाइल तस्बिर/डिसी नेपाल)

Leave a reply

HTML Tags are not supported

Post My Comment »